नेपाल उद्योग वाणिज्य महासंघको मतदान केही समयका लागि स्थगित भएको छ।
व्यवसायीहरुका समर्थकले हुटिङ र होहल्ला बढी गरेसँगै मतदान स्थगित भएको हो।
समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका थिए। ‘भोट फोर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थक होहल्ला गरेसँगै स्थगित भएको छ।
समर्थकको भीडले भोटिङको लागि लाइनमा बसेकालाई धकेल्न थालेसँगै मतदान स्थगित भएको छ।
प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ।
66
Shares
प्रतिक्रिया