गभर्नर महाप्रसाद अधिकारीले कर्जाको माग र आपूर्ति (डिमान्ड र सप्लाई)ले ब्याजदर तलमाथि हुने बताएका छन्।
राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
उनले बजारमा तरलता सहज भए ब्याजदर घट्ने र तरलता कसिलो हुँदा ब्याजदर बढ्ने बताए।
‘राष्ट्र बैंकले स्प्रेड मात्रै हेर्छ’, उनले भने, ‘अहिले स्प्रेड ४.२ प्रतिशत तोकेको छ।’
उनले भने, ‘बैंकले लिने त ४.२ प्रतिशत हो। ब्याजदर बढ्दा निक्षेपकर्तालाई फाइदा हुने हो।’
ब्याजदर घट्ने र बढने भइरहने बताए।
उनले केहीले व्यावसायिक स्वार्थ पूरा नभए अरुलाई दोष दिने चलन रहेको बताए।
102
Shares
प्रतिक्रिया