कारोबार


इन्टरनेट सेवामा गुणस्तरीय सुधार गर्ने कम्पनीहरुको निर्णय

इन्टरनेट सेवामा गुणस्तरीय सुधार गर्ने कम्पनीहरुको निर्णय

नेपालखबर
चैत २७, २०७९ सोमबार १५:५६, काठमाडौँ

इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा गुणस्तरमा सुधार गर्दै जाने निर्णय गरेको छ। 

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित एवं गरिमामय बनाउने बताएको हो। 

इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न इन्टरनेट सेवा प्रदायक संघले होटल शंकरमा सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशकसहित छलफल गरेको थियो। 

आईस्पानले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने निर्णय गरेको छ। 

इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने बताएका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवं गरिमामय बनाउनका लागि आवश्यक छलफल गर्दै जाने निर्णय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad