कारोबार


राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री डा महत

राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री डा महत

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०७९ शनिबार ६:३०, काठमाडौँ

अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन्। आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग शुक्रबार भएको भेटमा उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए। 

‘प्रत्येक वर्ष सरकारले जिडिपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकामा चालू आवमा लक्ष्य पूरा नहुने अवस्था रहेको छ,’ उनले भने। आन्तरिकरुपमा लगानी वातावरणको समस्या, बैङ्क तथा वित्तिय क्षेत्रको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो। 

अर्थमन्त्री डा महतले मौद्रिक नीतिका उपकरण प्रयोग गरी बैङ्क तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैङ्कसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। अर्थतन्त्रको अवस्थाको विषयमा जनतालाई सकारात्मक सन्देश दिन आवश्यक रहेको नहाँको भनाइ छ।

अर्थमन्त्री डा महतले सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउँदै पूँजीगत खर्च बढाउने पक्षमा सरकार रहेको बताए। आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने उनको भनाइ छ। उनले पूर्वाधार निर्माणकार्य समयमा सम्पन्न नहुने, आयोजनाको रकम बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .