अटो


नाडा प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल

नाडा प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल

नेपालखबर
पुस २०, २०७६ आइतबार १२:५०,

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटघाट गरेको छ। भेटका क्रममा फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

छलफलका क्रममा नाडाका प्रतिनिधिहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे धारणा राखेका थिए।

कार्यक्रममा विभागका महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरि दिनु पर्ने बताए। उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखि क्यियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिँदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए।

उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने भन्दै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको जानकारी दिए। त्यसैगरी साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदै नाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा राखे।

उनले नाडासँग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पु-याउनु पर्ने, व्यवसायको सुद्धिकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा व्यक्त गर्दे यसैलाई मूर्तरुप दिन भन्सार विभागले प्रत्येक बर्ष भन्सार दिवस मनाउदै आएको र नाडाले पनि यस्तो दिवसको अवशरमा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरोस भन्ने अपेक्षा राखेको बताए।

छलफलमा नाडाका अध्यक्ष दुलालसहित महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad