ad ad

कारोबार


मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो बने विश्वकै सबैभन्दा धनी

मुकेश अम्बानी विश्वकै नवौँ ठूलो धनी
मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो बने विश्वकै सबैभन्दा धनी

नेपालखबर
चैत २२, २०७९ बुधबार १३:२४, काठमाडौँ

फोर्ब्सको वार्षिक विश्व अर्बपति सूचीमा इलोन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी बनेका छन्। 

टेस्ला र ट्विटरका मालिक मस्क भने यो सूचीमा दोस्रो स्थानमा धकेलिएका हुन्। मस्कको सम्पत्ति एक खर्ब ८० अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ। 

मस्कको उक्त सम्पत्ति गत वर्षको तुलनामा ३९ अर्ब डलर कम हो। 

मस्कलाई पछि पार्ने बर्नार्ड फ्रान्सेली विलासी सामानको बिक्रेता एलभीएमएचका प्रमुख हुन्। उनको सम्पत्ति ५० अर्ब डलरले बढेर २११ अर्ब डलर पुगेको छ। 

त्यसो त फोर्ब्सको रियल टाइम सूची भने हरेक दिन परिवर्तन हुने गरेको छ। पछिल्लो वर्ष मस्क र आर्नोबीच पहिलो स्थानमा आउजाउ हुँदै आएको छ।

फोर्ब्सले मस्कको सम्पत्ति घट्नुमा ४४ अर्ब डलरको ट्विटर खरिदलाई कारण मानेको छ। त्यस्तै गत वर्ष टेस्लाको सेयर पनि घटेको थियो। 

१० उच्च धनीहरु 
नम्बर १ बर्नार्ड आर्नो (२११ अर्ब डलर) 
नम्बर २ इलोन मस्क (१८० अर्ब डलर) 
नम्बर ३ जेफ बेजोस (११४ अर्ब डलर) 
नम्बर ४ ल्यारी एलिसन (१०७ अर्ब डलर) 
नम्बर ५ वारेन बफेट (१०६ अर्ब डलर) 
नम्बर ६ बिल गेट्स (१०४ अर्ब डलर) 
नम्बर ७ माइकेल ब्लुमबर्ग (९४.५ अर्ब डलर) 
नम्बर ८ कार्लोस स्लिम हेलु र उनको परिवार (९३ अर्ब डलर) 
नम्बर ९ मुकेश अम्बानी (८३.४ अर्ब डलर) 
नम्बर १० स्टिभ बाल्मर (८०.७ अर्ब डलर) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .