ad ad

कारोबार


टीभीएसले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

टीभीएसले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नेपालखबर
चैत २०, २०७९ सोमबार २१:३२, काठमाडौँ

टीभीएसले नयाँ वर्षमा आकर्षक अफरहरु लिएर आएको छ। 

नयाँ वर्षको २०८० का अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजारको स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा रु ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिने जनाएको छ। 

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि दिने निधो गरेको छ। यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाई छ।

यस ब्राण्डले पछिल्लो समय आफ्ना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको दाबी गरेको छ।

स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, भिभिन्‍न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्‍न सफल टीभीएस बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड बनेको कम्पनीको भनाई छ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .