कारोबार


सेयर लगानीकर्तालाई अर्थमन्त्रीले भने- सेयरबजार सुधार गर्न पहलकदमी लिन्छु

सेयर लगानीकर्तालाई अर्थमन्त्रीले भने- सेयरबजार सुधार गर्न पहलकदमी लिन्छु

नेपालखबर
चैत २०, २०७९ सोमबार १२:५६, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महत सेयरबजारप्रति सकारात्मक देखिएका छन्। 

सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग छलफल गर्दै अर्थमन्त्री महतले बजार सुधारको लागि काम प्रतिबद्धता जनाएका हुन्। 

छलफलमा अर्थमन्त्री महतले तत्काल लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने जनाएका हुन्। 

साथै उनले बजार सुधारको लागि आवश्यक सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताएको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए। 

गत पुसमा विष्णु पौडेल अर्थमन्त्री हूँदा उकालो लागेको बजार उनी बाहिरिएसँगै निरन्तर ओरालो लागेको थियो। 

गत सोमबार अर्थात् चैत १३ गते डा. प्रकाशशरण महत अर्थमन्त्री हुने चर्चापछि बढेको थियो। 

लामो समयदेखि घट्दै आइरहेको बजारले उनी भित्रिएसँगै केही सकारात्मक संकेत गरेको छ। 

हाल सेयर धितो कर्जाको जोखिम भार सीमा १५० प्रतिशत पुर्याएका कारण बजार बढ्न नसकेको जानकारहरु बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .