नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ।
केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आबद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्याङ्कन गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको हो।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद कार्यमा वित्तीय लगानी विषयअनुसार यो निर्देशन जारी गरेको र त्यस्ता व्यवसायलाई छुट्टै सूचीकृत गर्न भनेको छ।
छुट्टै सूची तयार गरी अद्यावधिक गरिराख्नुपर्ने बताएको छ। ग्राहक पहिचान विवरणअनुरुप कारोबार मेल नखाएको अवस्थामा, ग्राहक पहिचान विवरणमा उल्लिखित सूचना जानकारी तथा तथ्याङ्क सत्यता वा पर्याप्तताको बारेमा संस्थालाई शंका लागेको अवस्थामा, जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएमा, संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष, औपचारिक वा अनौपचारिक रुपमा प्राप्त गरेको सूचनाको आधारमा अद्यावधिक गर्नुपर्ने देखिएमा यस सर्कुलरलाई आधार मानी अद्यावधिक गर्नुपर्ने बताएको छ।
प्रतिक्रिया