नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानबारे स्पष्टीकरण सोधेको छ।
प्राधिकरणले सम्झौताअनुसार मलेसिया उडान नगरेको भन्दै निगमलाई स्पष्टीकरण सोधेको हो।
पछिल्लो समय निगमले मलेसियामा नियमित छाडेर चार्टर्ड उडान सञ्चालनमात्रै गर्न खोजेको प्राधिकरणले जनाएको छ।
जब कि नेपाल र मलेसियाबीच प्रतिहप्ता १४ वटा नियमित उडान सञ्चालन गर्न सकिने सम्झौता भएको छ। तर त्यसको पालना नगरी निगमले प्राधिकरणसँग चार्टर्ड उडान सञ्चालनको लागि मात्र अनुमति माग्न थालेपछि प्राधिकरण असन्तुष्ट देखिएको हो।
प्राधिकरणले भनेको छ, ‘नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भएतापनि सो वृतखण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनको लागि अनुमति माग गरिएको विषयमा प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधिएको छ।’
प्रतिक्रिया