ad ad

राजनीति


नागरिक उन्मुक्ति सरकारमा जान तयार, रञ्जिता मन्त्री बन्न सक्ने

नागरिक उन्मुक्ति सरकारमा जान तयार, रञ्जिता मन्त्री बन्न सक्ने

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०७९ सोमबार १५:३०, काठमाडौँ

डिल्ली बजार जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ।

उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ।

सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धनमा जोडिएको नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता नै सरकारमा जान लागेकी हुन्। 

यद्यपि उनको मन्त्रालय टुंगो लागिसकेको छैन। नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा श्रेष्ठ पनि मन्त्री बन्ने उक्त पार्टीका महासचिव रतन थापाले नेपालखबरलाई जानकारी दिए।

‘सरकारमा जाने कुरा निश्चित छ, हाम्रो पार्टीका अध्यक्षलाई हामी पठाउँछौँ,’ थापाले भने, ‘मन्त्रालयको टुंगो लागेको छैन, हाम्रो माग मुद्दाको कुरा पनि छ, त्यो सम्बोधन हुनुपर्छ।’

उनका अनुसार नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय दिन प्रधानमन्त्री तयार छन्। तर, थप एउटा राज्य समेत पाउनुपर्ने उसको अडान छ।

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले मंगलबार बस्ने गठबन्धन बैठकबाट सरकारमा सहभागिताको निर्णय हुने बताइन्।

‘सरकारमा जानुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ श्रेष्ठले नेपालखबरसँग भनिन, ‘भोलि गठबन्धनको बैठक बसौं, हाम्रो माग मुद्दा के हुन्छ ? सरकारमा जाने मात्र भनेर हुँदैन, हाम्रा कुरा सम्बोधन हुनुपर्छ।’

बालुवाटार स्रोतका अनुसार श्रेष्ठ मन्त्री बन्न तयार छिन्। मन्त्रालयको टुंगो गठबन्धनको बैठक बसेर लगाउने समझदारी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .