यातायात व्यवस्था विभागले अबको ६ महिनामा १ हप्तामै सेवाग्राहीले लाइसेन्स पाउने गरी काम गरिरहेको जनाएको छ।
विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मास प्रिन्टरको लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेकाले छिट्टै समाधान हुने बताएका हुन्।
‘अहिले लाइसेन्स ८ महिनामा दिनसक्ने अवस्थामा रहेका छौँ’, नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा भट्टराईले भने, ‘एक हप्तामा दिनसक्ने गरी मास प्रिन्टरको टेन्डर आह्वान गरिसकेको छ। ५–६ महिनामा लाइसेन्ट छिटै दिनसक्ने अवस्थामा पुग्छौँ।’
त्यस्तै प्रदेशमा राजस्व फरक-फरक रहेकाले अनलाइनबाटै तिर्न मिल्ने गरी चालू आर्थिक वर्षमै काम गर्ने बताएका छन्।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया