नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ।
कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमाशुल्कमा अस्वस्थ प्रतिस्पर्धा गरेको, निर्देशनविपरीत कारोबार गरेको लगायतका काम पटक-पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो।
सचेत गराउँदागराउँदै गल्ती दोहोर्याउँदा दुवै कम्पनीलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताए।
उनका अनुसार अझै कम्पनीहरुले गल्ती गरे २५ लाख रुपैयाँदेखि ५० लाखसम्मको जरिवाना लाग्नेछ।
‘बीमकलाई बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) बमोजिम बीमाशुल्क नलिई बीमालेख जारी गरेको, दाबी भुक्तानी गर्दा बीमा नियमावली, २०४९ को नियम ३२ तथा दाबी भुक्तानी मार्गदर्शन, २०७६ को दफा ७ विपरीत कार्य गरेको, मोटर बीमादर निर्देशिका, २०७३ तथा निक्षेप बीमाको बीमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुने गरी कम बीमाशुल्क लिई बीमा गरी कानुन, नियम, निर्देशनविपरीत कार्य गरेको, प्राधिकरणले जारी गरेको निर्देशन र आदेश पालना नगरेको तथा ऐनको रीत नपुर्याई बीमा व्यवसाय गरेकोले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) बमोजिम पहिलो पटकका लागि २ लाख (दुई लाख मात्र) जरिवाना गर्ने निर्णय भएको छ,’ सिलवालले भने ।
प्रतिक्रिया