कारोबार


२२ अर्ब ६४ करोडको पाम आयल र ११ अर्ब २० करोडको सूर्यमुखी तेल आयात

२२ अर्ब ६४ करोडको पाम आयल र ११ अर्ब २० करोडको सूर्यमुखी तेल आयात

नेपालखबर
चैत ८, २०७९ बुधबार १८:१७, काठमाडौँ

चालू आर्थिक वर्षको ८ महिना अवधिमा १लाख ४३ हजार मेट्रिकटन बराबरको पाम आयल आयात भएको छ। जुन २२ अर्ब ६४ करोड रुपैयाँ बराबरको हो।

इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड र भारतबाट उक्त तेल नेपाल आयात भएको हो। १ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।  

यो अवधिमा ११ अर्ब २० करोड बराबरको सूर्यमुखी तेल ५५ हजार मेट्रिक टन आयत भएको छ।

त्यसबाट नेपाल सरकारले १ अर्ब ७० करोड राजस्व संकलन भएको छ। सूर्यमुखी तेलको आयात भने नेपालले अर्जेन्टिना, युक्रेन, रोमानिया , टर्की र मलेसियाबाट गरेको छ। 

यो ८ महिनामा नेपालको व्यापारघाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको भएको छ। चालू आर्थिक वर्षमा वस्तु आयत तथा निर्यात दुवै घटिरहेको छ। यो अवस्थामा पनि नेपालको व्यापारघाटा उच्च नै देखिएको छ। 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको वस्तु आयात १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको देखिएको छ भने वस्तु निर्यात १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको देखिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad