ad ad

कारोबार


६ अंकले घट्यो सेयरबजार, २ कम्पनीका सेयरधनीले कमाए १० प्रतिशत

६ अंकले घट्यो सेयरबजार, २ कम्पनीका सेयरधनीले कमाए १० प्रतिशत

नेपालखबर
चैत २, २०७९ बिहिबार १५:५, काठमाडौँ

सेयरबजार ६.१४ अंकले घटेको छ। 

सूचक घटेर १९३२.४८ विन्दुमा पुगेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २५७ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन्। 

दिनभरिमा २५ हजार ९०३ पटकको खरिदबिक्रीमा १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ। योसँगै ८१ कम्पनीको सेयर बढेको छ भने १२६ कम्पनीको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज दुईवटा कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन्। युनिक नेपाल लघुवित्त र शुभम् पावरका सेयरधनीले १०÷१० प्रतिशत कमाएका हुन्। अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्। 

आज लगानीकर्ताले ५.७६ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबार भने एनआईसी एसिया बैंकको छ। उसको ४ करोड ९३ लाखको कारोबार भएको हो। दोस्रो ठूलो कारोबार नबिल बैंकको भएको छ। उसको ३ करोड ९५ लाखको कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .