नेपालले लिग २ अन्तर्गत त्रिवि मैदानमा जारी खेलमा सय रन पूरा नगर्दै चौथो विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल अर्धशतक पूरा गरेर आउट भएका छन्।
योसँगै नेपालले एक सय रन पूरा नगर्दै चौथो विकेट गुमाएको छ। १७औं ओभरको तेस्रो बलमा कुशल क्याचआउट भएका हुन्। ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नेपालको इनिङ उकासेका थिए।
खराब सुरुवात गरेको नेपाल १६.३ ओभरमा ४ विकेट गुमाएर ९८ रनको स्थितिमा छ।
कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे।
अहिले भीम र आरिफ शेख क्रिजमा छन्। यसअघि नेपालले आसिफ शेख, कप्तान रोहित पौडल र कुशल मल्ललाई पनि गुमाइसकेको छ।
33
Shares
प्रतिक्रिया