कारोबार


एनआईसी एसिया र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सेवाछुट सम्झौता

एनआईसी एसिया र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सेवाछुट सम्झौता

नेपालखबर
पुस १७, २०७६ बिहिबार ५:३३,

एनआईसी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गरिनेछ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्धसञ्चालक विमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका करिब २० लाख ग्राहक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad