युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले एसीका ग्राहकवर्गलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
फागुन १५ देखि सञ्चालिन यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निस्शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्।
नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ। साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र, यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछन्।
नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा फराकिलो बिक्रेता सञ्जाल मार्फत सेवा प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
Shares

प्रतिक्रिया