ad ad

कारोबार


भैरहवाबाट फेरि कुवेत उडान सुरु गर्दै जजिरा : हप्तामा ३ दिन, भाडा कति?

भैरहवाबाट फेरि कुवेत उडान सुरु गर्दै जजिरा : हप्तामा ३ दिन, भाडा कति?

नेपालखबर
फागुन १७, २०७९ बुधबार १२:४७, काठमाडौँ

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) भैरहवामा फागुन २५ देखि फेरि उडान सुरु गर्ने भएको छ। 

यसअनुसार कम्पनीले भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्ने भएको हो।

जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ। 

जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै मध्यपूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गरिरहेको बताए। 

‘यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पु¥याउँछ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने। 

Segment

Flight

Number

Days                of

Operation

Departure Time

(NST)

Arrival Time

(KST)

 

 

BWA- KWI

 

 

J9 546

 

 

Tue, Thu, Sat

 

 

08:05 am

 

 

10:55 am

 

 

KWI- BWA

 

 

J9 545

 

 

Mon, Wed, Fri

 

 

23:50 pm

 

 

07:20(+1) pm

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .