ad ad

कारोबार


कुमारी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि

कुमारी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि

नेपालखबर
फागुन १७, २०७९ बुधबार १२:५१, काठमाडौँ

कुमारी बैंकले नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेको छ। 

पुस मसान्तमा कुमारी बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० माथि पुर्याएर राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको हो। 

वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशतमाथि पुर्याउन नहुने व्यवस्था छ। कुनै वाणिज्य बैंकको सीडी रेसियो ९० माथि हुँदा राष्ट्र बैंकले कारबाही गर्ने गर्दछ। 

चालू आर्थिक वर्ष २०७९÷०८० पुस मसान्सम्म कुमारी बैंकको सीडी रेसियो ९०.७० पुगेको छ। यस अवधिमा वाणिज्य बैंकको औषत सीडी रेसियो ८६.५३ प्रतिशत रहेको छ। 

अन्य सबै वाणिज्य बैंकको सीडी रेसियो ९० तल हुँदा कुमारी बैंकको मात्र ९० माथि पुगेको छ। 

नेपाल राष्ट्र बैंकले मर्ज प्रत्साहन गर्दै २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सुरु गरेका बैंकलाई एक वर्षको अवधि थपेर सीडी रेसियो मेन्टेन्ड गर्न दिने जनाएको छ। 

कुमारी बैंकले नेपाल क्रेडिड एण्ड कमर्स बैंकलाई प्राप्ति गरी पुस मसान्तभित्र एकीकृत कारोबार सुरु गरिसकेको छ। यद्यपि राष्ट्र बैंकले कुमारी बैंकको सिडी रेसियो ९० माथि हुँदा कारबाही नगर्ने भएको छ। 

२०८० पुससम्म सीडी मेन्टेन्ड गर्न राष्ट्र बैंकले अवधि रहेको जनाएको छ। २०७९ असोज मसान्तमा नबिल बैंक र ग्लोबल आईएमई बैंकको सीडी रेसियो समेत ९० नाघेको थियो । 

पुस मसान्तमा आएर नबिल बैंक र ग्लोबल आईएमई बैंकले सीडी रेसियो ९० तल ल्याउन सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .