निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था इसेवाका माध्यमबाट डायनामिक क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा एक समारोहबीबच सो सेवाको औपचारिक शुरुवात गरिएको छ।
यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा कम्पनीको छ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल कम्पनी हो।
Shares

प्रतिक्रिया