कारोबार


मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य, २ अर्ब लगानीमा टायल उत्पादन गर्ने

मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य, २ अर्ब लगानीमा टायल उत्पादन गर्ने

नेपालखबर
फागुन १५, २०७९ सोमबार १९:३६, काठमाडौँ

व्यवसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ।

मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो। जसमा २ अर्ब लगानी हुने भएको छ। 

काठमाडौंको म्यारियट होटलमा सञ्चारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइयो। उक्त टायल उद्योग भैरहवामा सञ्चालन हुने छ।

पत्रकार सम्मेलनमा मुरारका ग्रुपका म्यानेजिङ डाइरेक्टर पशुपति मुरारकाले भने, ‘मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ। यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।’

त्यस्तै गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सीईओ अभिषेक सोमानीले भने ‘नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad