ad ad

कारोबार


वाइवाइ उत्पादक सीजी फुड्सले ४ वर्षमा गर्‍यो करिब २८ अर्बको आम्दानी

वाइवाइ उत्पादक सीजी फुड्सले ४ वर्षमा गर्‍यो करिब २८ अर्बको आम्दानी

नेपालखबर
फागुन १५, २०७९ सोमबार १२:५७, काठमाडौँ

व्यापारिक घराना चौधरी ग्रुपको सीजी फुड्स नेपाल प्रालिले ४ वर्षमा तयारी खाद्य वस्तु बिक्री गरी करिब २८ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। 

कम्पनीले वाइवाइ, रिओ र क्विक्स ब्रान्डबाट ४ वर्षमा २७ अर्ब ८० करोड रुपैयाँको बिक्री गरेको हो। 

चौधरी ग्रुपको पुरानो कम्पनी सीजी फुड्स नेपालले चाचाउ, पेय पदार्थ, चिजबल, आलु चिप्सलगायतका वस्तु उत्पादन गर्दै आएको छ।  

अघिल्लो आर्थिक वर्षमा मात्रै चौधरी ग्रुपले ८ अर्ब १ करोड रुपैयाँको आम्दानी गरेको छ। 

कम्पनीले पछिल्ला वर्षमा आम्दानीमा वृद्धि हुँदै गएको छ। कोभिड महामारीको कारण २०७६/०७७ मा केही घटेको आम्दानी फेरि बढेको छ। १ वर्षमा ७८ करोड रुपैयाँले आम्दानी बढेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ। ०७६/७७ मा ७ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्‍यो। ०७५/०७६ मा ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। त्यस्तै आब २०७४/०७५ मा ६ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ। 

कम्पनीको आम्दानीमध्ये दुई तिहाइ वाइवाइ नुडल्सबाटै आम्दानी गरेको छ। 

कम्पनीको बिक्री बढे पनि नाफामा भने गिरावट आएको छ। अवमूल्यन, कर, ब्याजसहितको नाफा ५.३ प्रतिशत छ। आब २०७७/०७८ मा ११.१ प्रतिशत आम्दानी गरेको थियो। 

सीजी फुड्समा निर्वाण चौधरीको ७६ प्रतिशत सेयर छ भने अपोलो इन्भेष्टमेन्ट प्रा.लिको २० प्रतिशत सेयर छ। यसबाहेक वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत सेयर लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .