चिनियाँ मालबाहक रेल मालसामानसहित काठमाडौंका लागि प्रस्थान गरेको चिनियाँ विदेश मन्त्रालयकी एक अधिकारीले बताएकी छन्।
अग्रभागमा लान्जाओ–ल्हासा–काठमाडौं लेखिएको ब्यानरसहितको रेलको तस्बिर ट्वीटरमा राख्दै चिनियाँ विदेश मन्त्रालय अन्तर्गत एसियाली मामिला हेर्ने कन्सुलर जी रोङले रेल काठमाडौं प्रस्थान गरेको उल्लेख गरेकी हुन्।
आफ्नो ट्वीटरमा रेलको तस्बिरसहित उनले लेखेकी छन्,‘नयाँ अन्तर्राष्ट्रिय भूमि– समुद्री व्यापार कोरिडोर हुँदै चीनको गान्सुको लान्झाउबाट दक्षिण एशिया जाने पहिलो मालवाहक रेल काठमाडौं (नेपाल) का लागि प्रस्थान गरेको छ।’
लान्जाओबाट ल्हासा हुँदै काठमाडौँ जाने रेल भनिएपनि उत्तरतर्फबाट नेपाल जोड्ने कुनै रेलमार्ग छैन। तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेसम्म मात्र रेलमार्ग छ। त्यसैले, सम्भवतः ल्हासाबाट सो रेलमार्ग सिगात्सेमा आएर रोकिनेछ। र, नेपालमा लागि ल्याइएका मालसामान त्यहीँ अनलोड गरी ट्रकहरुबाट नेपालतर्फ ल्याइनेछ।
रेलको अग्रभागमा राखिएको ब्यानरमा चिनियाँ भाषामा उल्लेख भए अनुसार यो मालबाहक रेल दक्षिण एसियाली ट्रेड करिडर अन्तर्गत पश्चिमी क्षेत्रको नयाँ भू–सामुद्रिक कोरिडर अन्तर्गतको हो।
कन्सुलर जीका भनाईमा, बुधबार (१० फागुन) मा प्रस्थान गरेको यो मालबाहक रेल ९–१० दिनमा नै गन्तव्यमा पुग्नेछ। उनले लेखेकी छन्, ‘समुद्री मार्गबाट हुने ढुवानीको तुलनामा यो रेलमार्गबाट ढुवानी गर्दा १५ दिन बचत हुनेछ।’
Shares
प्रतिक्रिया