कारोबार


निर्जीवन बीमा कम्पनीले गरे २३ अर्बको व्यवसाय, अग्रस्थानमा शिखर

निर्जीवन बीमा कम्पनीले गरे २३ अर्बको व्यवसाय, अग्रस्थानमा शिखर

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १६:१५, काठमाडौँ

निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ७ महिनामा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यसाय गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो।

गत वर्ष यसै अवधिमा बीमा कम्पनीले २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थिए।

माघ मसान्तसम्म शिखर इन्स्योरेन्स सबैभन्दा बढीको व्यवसाय गरेको छ । शिखरले २ अर्ब ९८ करोडको व्यवसाय गरेको छ। त्यसैगरी नेको इन्स्योरेन्सको १ अर्ब ७५ करोड, राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ६९ करोड, हिमालयन एभरेष्टको १ अर्ब ६९ करोड, सगरमाथा इन्स्योरेन्सको १ अर्ब ६८ करोड, सिद्धार्थको १ अर्ब ५२ करोड, एनएलजीको १ अर्ब ४० करोड, सानिमा निआईसीको १ अर्ब १९ करोड रुपैयाँको व्यवसाय गरेका छन् । 

प्रिमियरको १ अर्ब १७ करोड, लम्बिनी जनरलको १ अर्ब १२ करोड, अजोड इन्स्योरेन्सको १ अर्ब ८ करोड, आईएमई जनरलको १ अर्ब ५ करोड, प्रभु इन्स्योरेन्सको ९२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड, दि ओरेण्टलको ८४ करोड, प्रुडेन्सियल ७६ करोड, युनाइटेडको ६ करोड र नेशनल इन्स्योरेन्सको ५८ करोडको व्यवसाय गरेका छन्। 

गत वर्षको तुलनामा चालू आवको माघसम्म युनाइटेड इन्स्योरेन्स, नेको, सगरमाथा, प्रिमियम र प्रुडेन्सियल इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको छ। नेको इन्स्योरेको व्यवसाय १.२१ प्रतिशत, सगरमाथाको १३.६३ प्रतिशत, प्रिमियम इन्स्योरेन्सको ४.८० प्रतिशत, प्रुडेन्सियलको १.३३ प्रतिशत र युनाइटेडको व्यवसाय ३०.५१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad