ad ad

कारोबार


कुमारी बैंकको २१औं शाखारहित बैंकिङ सेवा छोम्रोंगमा

कुमारी बैंकको २१औं शाखारहित बैंकिङ सेवा छोम्रोंगमा

नेपालखबर
पुस १५, २०७६ मंगलबार १४:२८,

कुमारी बैंक लिमिटेडले अन्नपूर्ण– ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ। तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट सम्पन्न भएको हो।

उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए।

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेशिन पनि जडान गरिसकेको छ।

विगत १९ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा सञ्जाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .