सेयरमूल्य उच्च भएका लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ।
साताको अन्तिम कारोबार दिन जीवन विकास लघुवित्त, महिला लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।
बुधबार राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणसहित केही कडाइ गरेपछि बिहीबार लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।
अन्य अधिकांश लघुवित्तको सेयरमूल्य ९ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ व्यवस्था गरेको छ।
त्यसैगरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ।
राष्ट्र बैंकले लघुवित्तको लाभांश प्रस्तावमा कडाइ गर्दा संस्थाको सेयरमूल्य उच्च गिरावट आएको हो ।
Shares

प्रतिक्रिया