नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।
मुख्यमन्त्रीसमेत रहेका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रमुख सचेतक र सचेतक नियुक्ति गरेका हुन्।
जसअनुसार प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खड्का छन्। यसअघि हुम्लाबाट प्रतिनिधित्व गर्ने परियार मन्त्री पदका लागि लबिङमा थिए।
कर्णालीका अन्य दल नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रमुख सचेतक र सचेतक अझै टुंगो लगाउन सकेका छैनन्।
48
Shares

प्रतिक्रिया