कारोबार


३३.५७ अंकले बढेको बजारमा १६५ कम्पनीका सेयरधनीले कमाए

३३.५७ अंकले बढेको बजारमा १६५ कम्पनीका सेयरधनीले कमाए

नेपालखबर
फागुन १०, २०७९ बुधबार १५:१५, काठमाडौँ

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.५७ अंकले बढेर २ हजार ८० विन्दुमा पुगेको छ। १.६४ प्रतिशतले बढेको बजारमा १६५ कम्पनीको सेयरमूल्य बढ्न सफल रह्यो। 

आज ४९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ता गुमाए। 

आज नेप्सेमा २६९ कम्पनीले ४७ लाख ७८ पटकको खरिदबिक्रीमा हुँदा १ अर्ब ८० करोडको कारोबार भएको छ।

आज हिमालयन डिस्टीलरीको सर्वाधिक १३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी आर्दश लघुवित्तका सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने लिबर्टी इनर्जी कम्पनीकाको सर्वाधिक ९.८० प्रतिशतले सेयरमूल्य बढेको छ । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि निरन्तर घटेको बजार घट्दै आइरहेको थियो । नेप्से परिसूचक घटेपनि कारोबार भने दिनहुँ करिब २ अर्बको भइरहेको थियो । 

नेप्से परिसूचक घट्दा कारोबार राम्रो हुनु बजारको लागि राम्रो मानिन्छ । त्यसले बजार डिमान्ड पनि रहेको संकेत गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .