कारोबार


नेपालको बाह्य व्यापार २१ प्रतिशतले घट्यो, ९ खर्बको आयात

नेपालको बाह्य व्यापार २१ प्रतिशतले घट्यो, ९ खर्बको आयात

नेपालखबर
फागुन १०, २०७९ बुधबार १२:३२, काठमाडौँ

चालू आर्थिक वर्षको ७ महिनामा नेपालकाे बाह्य व्यापारमा आयात र निर्यात दुवै घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार आयात १९.९ प्रतिशतले र निर्यात २९ प्रतिशतले घटेको हो। 

माघसम्म ९ खर्ब १९ अर्ब रुपैयाँको आयात हुँदा ९३ अर्ब रुपैयाँको निर्यात भएको छ।

अघिल्लो वर्ष माघ महिनामा ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात र १ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको थियो। 

व्यापार घाटा १८.७ प्रतिशत अर्थात् ८ खर्ब २५ अर्ब रुपैयाँ छ। कुल विदेशी व्यापार २०.८४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad