ग्लोबल


जब एक किसानले अंग्रेजी बोल्दा रिसाए मुख्यमन्त्री

जब एक किसानले अंग्रेजी बोल्दा रिसाए मुख्यमन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १२:३५, काठमाडौँ

एकजना किसानले अंग्रेजी बोल्दा बिहारका मुख्यमन्त्री नीतिश कुमार रिसाएका छन्।

बिहारको राजधानी पटनामा आयोजित किसानको एक सम्मेलनमा त्यहाँका मुख्यमन्त्रीको रिसको अचम्मको कारण सार्वजनिक भएको हो।

किसान सम्मेलनका क्रममा एकजना किसानले मञ्चमा आएर अंग्रेजीमा सम्बोधन गर्न थालेपछि नीतिश कुमारले उनलाई झपारेका हुन्। 

नीतिश कुमारले आफूलाई किसान बताउने ती व्यक्तिलाई मञ्चमा रोक्दै रिसाएर सोधे, 'यो स्थान इङ्ग्ल्यान्ड हो?'

उनले ती किसानको बिहारी पहिचानलाई लिएर पनि प्रश्न उठाएका छन्। जसको जवाफमा किसानले भने, 'होइन सर, म शुद्ध बिहारी हुँ।'

त्यसपछि नीतिश कुमारले भने, 'अरे भाइ, खेती त गर्छौ नि? खेती त आममानिसले गर्छन्। तपाईंलाई यहाँ सुझाव दिन बोलाइएको हो। तर तपाईं अंग्रेजीमा बोलिरहनु भएको छ। यो बेलायत हो र? यो भारत हो, अझ हामी बिहारमा छौँ।'

उनले मानिसहरुले आफ्नो मातृभाषा भुल्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन्। 'हामी आजकाल यहाँ अनौठो देखिरहेका छौँ। जबदेखि कोरोना आएको छ तबदेखि एक एक कुरा मोबाइलमा हेर्न लागेका छन्। त्यसैले पनि पुरानो भाषा भुलिरहेका छन्।' 

नीतिश कुमारले मानिसहरु अंग्रेजीमा नयाँ नयाँ शब्द बोल्दै मातृभाषालाई भुलिरहेको पनि दोहोर्‍याएका छन्। 

उनले ती किसानले अंग्रेजीमा पनि सही बोलिरहेको बताउँदै तर आफ्नै राज्यको भाषा प्रयोग गर्नु उचित हुने तर्क गरे। त्यसपछि ती किसानले मुख्यमन्त्रीसँग माफी नै मागे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad