ad ad

कारोबार


बैंकहरुविरुद्ध तीनतिरबाट विरोध र्‍याली निकाल्दै उद्योगी व्यवसायी

बैंकहरुविरुद्ध तीनतिरबाट विरोध र्‍याली निकाल्दै उद्योगी व्यवसायी

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:१९, काठमाडौँ

बैंकहरुविरुद्ध उद्योग, व्यवसायीहरुले शुक्रवार सडक आन्दोलन गर्दै छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले शुक्रबार बैंकविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रिय व्यवसायी महासंघले बिहीबार एक सूचना जारी गर्दै माघ ५ गते शुक्रबार माइतीघर मण्डलामा विशाल र्‍यालीसहित बैंकको ज्यादतीविरुद्ध आन्दोलन गर्ने जनाएको छ ।

पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको त व्यवसायीलाई कालो सूचीमा राख्ने कदमविरुद्ध व्यवसायीहरुले शुक्रबार जुद्ध शालिक न्यूरोड, नयाँ बानेश्वर, अनामनगर हनुमानथान तीनतिरबाट र्‍याली निकाल्दै माइतीघर मण्डलामा गएर कोणसभा गर्ने जनाएको छ । 

बजारमा चरम मन्दी छाइरहेको र बैंकको किस्ता र ब्याज तथा घरभाडा तिर्न नसकेको भन्दै व्यवसायीहरू आत्महत्याको बाटो रोजिरहँदा पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरेकाले बाध्य भएर आन्दोलन गर्न लागेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .