कारोबार


एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालन सम्झौता

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालन सम्झौता

नेपालखबर
फागुन ३, २०७९ बुधबार १८:४१, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी यूपीआई (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श (जस्ता सेवा सजिलै लिन सक्ने छन ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad