कारोबार


नेपालका प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री

नेपालका प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री

फाइल तस्बिर : पालका प्रथम गभर्नर हिमालयशम्शेर राणा


नेपालखबर
माघ २२, २०७९ आइतबार १०:१४, काठमाडौँ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। 

उनले केही समयअघि ट्विट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। 

“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशमशेर जबराको निधनको खबरले स्तब्ध छु”, उनले भनेको छ।

अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्। राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad