ad ad

कारोबार


सुधीर बस्नेतको ललितपुरको कोहिनुर हिल हाउजिङ कर्मचारी सञ्चय कोषले लिलामी गर्दै

सुधीर बस्नेतको ललितपुरको कोहिनुर हिल हाउजिङ कर्मचारी सञ्चय कोषले लिलामी गर्दै

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले व्यवसायी सुधीर बस्नेतको ललितपुरस्थित कोहिनुर हिल हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको छ। 

सञ्चय कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कुहिनुर हिलको नाममा रहेको चल अचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको हो ।

सञ्चय कोषले १५ दिनभित्र प्रस्ताव पेस गर्न खरिदकर्तालाई भनेको छ। पटक–पटक म्याद दिँदा पनि भुक्तानी गर्न नआएर ऋण सम्झौतामा भएका उल्लेखित सर्तहरु उलंघन गरेकाले लिलामी गर्न लागेको कोषले जनाएको छ । 

यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो ।

कोषले पटक–पटक लिलामीको सूचना निकाले पनि बिक्री हुन सकेको छैन। कोहिनुर हिल हाउजिङको नाममा रहेको ललितपुर साविकको इमाडोल रहेको जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरु खरिदका लागि कोषले शिलबन्दी आह्वान गरेको हो। 

सञ्चय कोषका अनुसार बस्नेतले कोहिनुरका लागि २३ करोड ७० लाख रुपैयाँ कर्जा लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .