कारोबार


सुबिसुले ल्यायो ‘अफरच्युनिटी योजना’

सुबिसुले ल्यायो ‘अफरच्युनिटी योजना’

नेपालखबर
पुस १३, २०७६ आइतबार ११:४६,

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट प्रालिले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ सुबिसु अफरच्युनिटी योजना प्रस्तुत गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरुले मात्र रु १०४० प्रतिमहिनामा २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज (२७५ भन्दा बढी च्यानल, ९५ भन्दा बढी एचडी च्यानल) प्राप्त गर्नेछन्। यो १५ महिनाको भुक्तानीमा प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढी च्यानल, ६५ भन्दा बढी एचडी च्यानल) मात्र २ सय २१ रुपैयाँमा प्राप्त गर्ने बताइएको छ। यो १४ महिनाको भुक्तानीमा प्राप्त गर्न सकिन्छ।

यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गनेुहुनेछ जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् ।

आफ्नो १९औ वार्षिकोत्सव हर्षोल्लासका साथ ग्राहकहरु माझ खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुबिसुले यो अफर लिएर आएको हो ।

अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ भने शर्त तथा नियमहरु लागू हुने कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad