कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ।
बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशन गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो। आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए।
सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कविराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ।
यस्तैगरी, बैंकको सीईओका लागि बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईं, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको पनि आवेदन परेको छ।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनका आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिस्टिङ’ गरी अन्तर्वार्ताका लागि छनोट गरिने बैंकले जनाएको छ।
बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो। रासस
Shares

प्रतिक्रिया