कारोबार


विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

नेपालखबर
असार ११, २०७६ बुधबार ७:४०,

 विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ।

बुधबार बसेको राष्ट्रिय सभाको बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो।

विनियोजन विधेयकका विभिन्न शीर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ।

यसअघि बुधबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गरेका थिए।

राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad