किम कार्दसियन वेस्ट अमेरिकाकी चर्चित संचारकर्मी, व्यापारी, मोडल तथा कलाकार हुन्।
३८ वर्षीया कार्दसियनले आफ्नै सेपवेयर ब्रान्डको नयाँ अन्डरवेयर तथा सेपवेयर जापानमा सार्वजनिक गरेकी छिन्।
मंगलबार उनको ब्रान्डका अन्डरवेयर तथा सेपवेयर जापानमा सार्वजनिक भएसँगै यसले त्यहाँ विवाद निम्ताएको छ।
आफ्ना ब्रान्डको अन्डरवेयरले महिलाहरुको शरीरको आकार राम्रो देखाउन मदत गर्ने कार्दसियनको भनाइ छ।
— KIMONO (@kimonobody) June 25, 2019Kimono Solutionwear™. Coming Soon. https://t.co/s8DZ09pKxp. #KimonoBody
Photo by Vanessa Beecroft pic.twitter.com/X0q9YKOwKS
विज्ञापनमा पनि शरीर मिलेका महिलाहरु देखिन्छन्।
तर जापानका सामाजिक संजालमा कार्दसियन ब्रान्डका अन्डरवेयरले जापानी परम्परागत पोशाकको धज्जी उडाएको अभिव्यक्तिहरु सार्वजनिक भएका छन्।
खासमा कार्दसियनले आफ्ना ब्रान्डको अन्डरवेयरको नाम ‘किमोनो इन्टिमेट’ राखेकी छिन्।
— こんにゃく (@hogonokiroku) June 26, 2019kimono is Japanese traditional clothes.
It is not underwear!
Don't take Japanese culture.#KimOhNo #KimonoBody pic.twitter.com/qgjLXZhOBY
जापानमा किमोनो पोशाक जापानमा परम्परागत र सांस्कृतिक महत्वको मानिन्छ। लामो कपडा जापानको संस्कार झल्काउने कपडालाई किमोनो भनिन्छ।
बीबीसीका अनुसार कार्दसियनले अन्डरवेयरलाई किमोनो भनेपछि जापानी नागरिक रुष्ट भएका हुन्।


प्रतिक्रिया