पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा २५ महिला र ३७ पुरुष रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ७२ यात्रुमध्ये तीन बालक र तीन शिशु समेत रहेका थिए। त्यस्तै चालकदलतर्फ तीन महिला र एक पुरुष रहेका थिए।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार हालसम्म मृतकको संख्या २९ पुगेको छ। जसमा १० जना महिला, १८ पुरुष र १ शिसु मृत्यु भएको छ।
33
Shares

प्रतिक्रिया