कारोबार


विश्वकै धनी व्यक्ति आर्नोले फेसन हाउस डिओको नेतृत्वमा छोरीलाई अघि सारे

विश्वकै धनी व्यक्ति आर्नोले फेसन हाउस डिओको नेतृत्वमा छोरीलाई अघि सारे

नेपालखबर
पुस २८, २०७९ बिहिबार १९:१, काठमाडौँ

विश्वका सबैभन्दा धनी व्यक्ति बर्ना आर्नोले आफ्नो फेसन हाउस डिओको नेतृत्व गर्न छोरीलाई अघि सारेका छन्। उनले आफ्नी ४७ वर्षीया छोरी डेल्फिन आर्नोलाई सो पदमा बढुवा गरेका हुन्।

आर्नोले आफ्नो कम्पनीहरुको नेतृत्वमा गरेको हेरफेरपछि डेल्फिनले डिओका प्रमुख प्योत्र बेकारीलाई विस्थापित गरिन्। बेकारी भने लुइ भुतोँको कार्यकारी प्रमुख बनेका छन्। 

यी ब्रान्डहरुको प्यारेन्ट कम्पनी एलभीएमएच युरोपको सबैभन्दा मूल्यवान् कम्पनी हो। जसको मूल्य ३३६ अर्ब पाउन्ड छ। 

यी परिवर्तनहरु फेब्रुअरीदेखि लागू हुने बताइएको छ।

डेल्फिन यसअघि २०१३ देखि नै लुइ भुतोँको कार्यकारी उपाध्यक्ष थिइन्। उनको नेतृत्वमा लुइ भुतोँनले बिक्रीमा कीर्तिमान कायम राखेको थियो। 

पछिल्लो समय आर्नोले कम्पनीहरुहरुको नेतृत्व आफ्ना सन्तानलाई सुम्पिँदै गएका छन्।

उनले जेठा छोरा आन्त्वाँ आर्नोलाई परिवारको होल्डिङ कम्पनीको प्रमुख बनाएका छन्। 

३० वर्षे छोरा अलेक्सान्द्र आर्नोलाई टिफानीको उत्पादन तथा सञ्चारको प्रमुख बनाएका छन् भने २८ वर्षीय फ्रेडरिक आर्नोलाई ट्याग होयाको प्रमुख कार्यकारी पद सुम्पेका छन्।

सबैभन्दा कान्छा सन्तान जित जाँ आर्नो लुइ भुतोँको घडी उत्पादन डिभिजनमा मार्केटिङ प्रमुख छन्।

आर्नोका कम्पनीहरुले लक्जरी सुटकेसीदेखि स्याम्पेनसम्मका उत्पादन बेच्छन्।

पछिल्लो समय प्रमुख फेसन कम्पनीहरुमा यसैगरी नेतृत्व हस्तान्तरण हुन थालेको छ। जारा र मासिमो डुटीजस्ता ब्रान्डको प्यारेन्ट कम्पनी इन्डिटेक्सका संस्थापक डेनियल ओर्टेगाले २०२१ मा ३७ वर्षीया छोरी मार्ता ओर्टेगालाई अध्यक्ष बनाएका थिए।

प्रडाका प्रमुख प्याट्रिसियो बर्टेलीले पनि दुई वर्षभित्रै छोराले कारोबार सम्हाल्ने बताएका छन्।

आर्नो डिसेम्बर २०२२ देखि इलोन मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन्। हाल उनको सम्पत्ति २०५ अर्ब डलर छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad