हिमालयन बैंक लिमिटेडको तीसौंं वार्षिक साधारणसभा बिहीबार सोल्टी होटलमा सम्पन्न भएको छ।
बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सिभिल बंैक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ।
अध्यक्ष श्रेष्ठले साधारणसभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरी अनुमोदनको लागि प्रस्तुत गरे। उनले बंैकका निवर्तमान अध्यक्ष तथा संस्थापकज्यूहरु हिमालय शम्शेर राणा, स्व. नरसिह बहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोज बहादुर श्रेष्ठ, तुलसी प्रसाद गौतम लगायत सञ्चालक समितिका सदस्यहरुलाई बैंक स्थापनाकालदेखि देशको एक सबल र उत्कृष्ट बैंक बनाउन पु¥याएको योगदानको लागि विशेष धन्यवाद प्रदान गरे।
आजको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ प्रतिशत नगद लाभांशले (कर सहित) हुने जम्मा १.४४ रुपैयाँ गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।
सो साधारण सभाबाट हिमालयन बंैक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडकै नाममा एकीकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कूल अधिकृत पुँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पुँजी २१.६५ अर्बभन्दा बढी हुनेछ। प्राप्तिपश्चात बंैकको कुल पुँजीकोष ३६.६९ अर्बभन्दा बढी हुनेछ । यसै गरी बंैकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुग्नेछ ।
Shares

प्रतिक्रिया