सेयरबजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २१.३५ अंकले घटेको हो।
तर कारोबार रकममा भने बजारले आज छलाङ मारेको छ। पछिल्ला केही दिन बढेपछि लगानीकर्ताले नाफा बुक गरेर सेयर बिक्रीमा लागेको देखिएको हो।
खासगरी जलविद्युत् कम्पनीका सेयरधनीले केही बढेपछि सेयर बिक्री गर्नथालेको देखिएको छ।
एकै दिन ७ अर्ब ६५ करोडको सेयर खरिदबिक्री भएको हो।
आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको बढेको छ।
वाराही हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले उल्लेख्य कमाउन सकेका छैनन्।
बजारमा आज २५४ कम्पनीको २ करोड कित्ता सेयर बिक्री भएको हो। आज न्यादी पावरको आज २१ करोडको सर्वाधिक कारोबार भएको छ।
24
Shares

प्रतिक्रिया