कारोबार


माघदेखि २० करोडमा बनेको नेपाली क्रुजमा नारायणीमा सयर (भिडियो)

माघदेखि २० करोडमा बनेको नेपाली क्रुजमा नारायणीमा सयर (भिडियो)

नेपालखबर
पुस १०, २०७६ बिहिबार १२:५८,

नेपालको सबैभन्दा गहिरो नदी नारायणीमा आगामी महिनाबाट रिभर क्रुज सञ्चालन ल्याउने तयारी भएको छ। राइनो वाटर इन्टरटेनमेन्टले सञ्चालनमा ल्याउन लागेको तयारीमा रहेको रिभर क्रुजको गत आइतबार परीक्षण सञ्चालन गरिएको थियो।

२० करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याउने खोजिएको क्रुज डबल इन्जिनको भएको इन्टरटेनमेन्टका प्रबन्धनिर्देशक रामचन्द्र कँडेलले नेपालखबरलाई बताए।

भिडियाेः 

‘क्रुज राख्नका लागि पोर्ट बनाउन पाँच करोड र क्रुज निर्माणका लागि १५ करोड रुपैयाँ खर्च भएको छ’ कँडेलले भने, ‘आइतबार गरेको परीक्षण सञ्चालन सफल भएको छ ।

ramchandra kandel
राइनो वाटर इन्टरटेनमेन्टका प्रबन्धनिर्देशक रामचन्द्र कँडेल

२ वर्षदेखिका प्रयास सफल भएकोमा निकै खुसी छौं। धेरैले सुरुमा नारायणीका क्रुज चलाउने भन्दा सफल हुनेमा आविश्वास गर्नुभएको थियो।’

crusise 1

कँडेलले क्रुज सञ्चालनसँगै चितवनमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई एक दिन लम्बिने दाबी गरे।

‘क्रुजबाटै हिमालमा पनि राम्रो दृश्य हेर्न सकिन्छ,’ कँडेलले भने, ‘पर्यटकको एक दिन बसाई लम्बिदा त्यसले चितवनका अर्थतन्त्रमा त्यसले चितवनमा अर्थतन्त्रमा पार्ने सकारात्मक असर कति पार्छ त्यसको अनुमान गर्नु सक्नु हुन्छ।’

crusise 2

क्रुजका यात्रा तीन घण्टाका हुने उनले बताए । ‘हिउँद र वर्षामा फरक फरक रुटमा यो सञ्चालन हुन्छ,’ उनले भने, ‘एकै पटकमा २ सय यात्रीलाई बोक्नेछ। त्यसमा क्रुज सञ्चालनका लागि २० जना कार्यरत रहने छन् । यात्रा तीन घण्टाको हुनेछ।’

कँडेलले यात्रीहरुको सुरक्षाका लागि उचित प्रबन्ध क्रुजमा हुने बताए । ‘यसलाई पूर्ण रुपमा सुरक्षताका साथ सञ्चालन गरिने छ । क्रुजमा लाइफ ज्याकेट, बोट र लाइफ गार्डको व्यवस्था छ,’ कँडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad