कारोबार


२ प्रतिशतले बढेर बन्द भयो सेयरबजार, ५ अर्बको खरिदबिक्री

२ प्रतिशतले बढेर बन्द भयो सेयरबजार, ५ अर्बको खरिदबिक्री

नेपालखबर
पुस २५, २०७९ सोमबार १५:१३, काठमाडौँ

सेयरबजार आज पनि दोहोरो अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो। 

सोमबार नेप्से बढेसँगै कारोबार रकम पनि ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यसअनुसार आज १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटाको मात्रै घटेको छ। ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ। 

आज १ करोड ४६ लाख कित्ता सेयर बिक्री भएको हो। 

आज १४ वटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ। यसअनुसार वरुण हाइड्रो, खानीखोला हाइड्रो, छ्याङ्दी हाइड्रो, जोशी हाइड्रोलगायतको सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। 

गुमाउनेले आज ३.५७ प्रतिशतसम्म गुमाएको छ भने रिडी पावर कम्पनीको २० करोडको सर्वाधिक कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad