जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्।
जसपा संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन्।
दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबावु राउतले उम्मेदवारीसम्म दर्ता गराइ सकेका थिए।
दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेता चयन भएका हुन्।
यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन्।
69
Shares

प्रतिक्रिया