कारोबार


व्यावसायिक सेफमार्फत नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छ : मास्टर सेफ साह

व्यावसायिक सेफमार्फत नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छ : मास्टर सेफ साह

नेपालखबर
पुस २४, २०७९ आइतबार ६:३०, काठमाडौँ

चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन्।

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले शनिबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’मा बोल्दै उनले नेपाली परिकारको प्रवर्द्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे। उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए। 

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए। 

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे। उनका अनुसार प्रतियोगिताका उत्कृष्ट मेनुलाई विशेष कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालालाई बोलाएर विद्यार्थी सेफले पस्केको खानो प्रवर्द्धन गरिनेछ।

आतिथ्य पर्यटन हस्पिटालिटी टुरिजमका विद्यार्थीमार्फत नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ आयोजना गरिएको हो। 

प्रतियोगितामा पाटामा आबद्ध  होटल व्यवस्थापनसम्बन्धी शैक्षिक संस्थाबाट विभिन्न पाँच कलेजका १० जना सेफ विद्यार्थी प्रतियोगि सहभागी थिए। प्रतियोगितामा ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज प्रथम भएको छ भने नाथम द्वितीय र इटहरीको प्रिमियर होटेल स्कुल तृतीय भएका छन्। 

पाटाको ‘युथ ट्यालेन्ट क्वेस्ट’को पाँचौँ संस्करणअन्तर्गत भएको सेफ प्रतियोगिताको मास्टर सेफ सन्तोष साह, सेफ जितेन प्रधान र सेफ जितेन हुमागार्इं निर्णायक मण्डलले सहभागी विद्यार्थीका पाक कला र दक्षता मूल्याङ्कन गरेका थिए। 

पाटा नेपालले हरेक वर्ष युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ। यसमा मुख्य पाँच प्रतियोगिता हुन्छन्। सेफ प्रतियोगिता, ‘पब्लिक स्पिकिङ’ फुटसल, ‘कन्टेन्ट राइटिङ’ प्रतियोगिता हुने पाटा नेपालले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad