ad ad

कारोबार


सामसङको ग्यालेक्सी ए०४ए बजारमा, मूल्य कति?

सामसङको ग्यालेक्सी ए०४ए बजारमा, मूल्य कति?

नेपालखबर
पुस २०, २०७९ बुधबार १७:२, काठमाडौँ

सामसङले लोकप्रिय ए–सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए०४इ नेपाली बजारमा ल्याएको छ।  

ए–सिरिजको यो पछिल्लो लन्च ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो। यसमा ३ जीबी र्याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको दाबी छ। 

यसमा थप १टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ। तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँ ग्यालेक्सी ए०४इको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ।  

ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ–दिन २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। 

ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२०X१६०० पिक्सल रेसोलुसनको साथ आउँछ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म विना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टाइम दिने कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .