कारोबार


इसेवाबाट एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

इसेवाबाट एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने

नेपालखबर
पुस १८, २०७९ सोमबार १७:२९, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनै पनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ। 

इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूपैयाँभन्दा बढीको  टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिनेछ।

यसका अलावा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्वजनिक गरेको छ । साथै २ सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ। यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिमसम्म लागू हुनेछ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ। 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। 

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad