ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

नेपालखबर
पुस १८, २०७९ सोमबार १४:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। 

नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्। 

'नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु', उनले संसद सचिवालयलाई पत्र लेख्दै भनेका छन्। 

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र जनता समाजवादी पार्टीका १२ सहित १६६ सांसदले समर्थन गरेका थिए।

त्यसैगरी स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहले पनि शीतल निवास पुगेर समर्थन जनाएका थिए। सात दल र तीन स्वतन्त्रसहित प्रचण्डलाई १६९ जना सांसदको अहिले समर्थन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .